बिराटनगर । नव नियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री कार्कीसँगै एमालेका तीलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले पनि मन्त्री पदको शपथ लिएका छन् । उनीहरू अहिलेलाई बिनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् ।
झापा ५(१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा कार्की निर्वाचित भएका थिए । एमालेको ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टी नेपालका १ गरी ६० प्रदेश सांसदको समर्थनमा उनी आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।


129 पटक हेरिएको 












