बिराटनगर । प्रदेश १ सभामुखमा लिखु गाउँपालिका–८ घर भइ ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बाबुराम गौतम बिहीबार निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले सभामुखमा गौतमलाई निर्विरोध निर्वाचित भएको प्रदेशसभामा घोषणा गरे ।
४९ वर्षका माओवादी केन्द्रका सासद गौतमलाई प्रदेशसभामा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सभामुखमा निर्वाचित गराउन प्रस्ताव गरेका थिए । भने प्रस्तावलाई समर्थकको तर्फबाट माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर बुर्जामगरले समर्थन गरेका थिए । आजै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनियताको सपथपछि नब निर्वाचित गौतमले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकको अध्यक्षता गर्नेछन् ।


141 पटक हेरिएको 












