उपसभामुखको निर्वाचन आजबाट सुरु

विराटनगर । प्रदेश नम्बर १ को उपसभामुख पदको लागि निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । प्रदेश सभा सचिबालय प्रदेश नम्बर १ विराटनगरका अनुसार उपसभामुखको उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म समय दिइएको छ । साँझ ५ बजेदेखि पौने ६ बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध, साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी फिर्ता लिन र साँझ ७ बजे उपसभामुख उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ । उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभामा हुनेछ ।
सचिबालयले यस अघि सभामुखको निर्वाचन गरिसकेको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४७ संसद आवश्यक पर्छ । हाल कायम रहेको गठबन्धनमा ६० सांसद छन् । एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाका १ संसद छन् । सत्तासाझेदार गठबन्धनलको सहमति अनुसार उपसभामुख एमालले पाउने समझदार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार