पथरी । किरात राई यायोक्खा नगर समिति पथरीशनिश्चरेले प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ ५०८३ नव वर्ष धुमधामका साथ मनाएको छ ।
आइतबार पथरीशनिश्चरे १ मा अवस्थित साकेला थानमा आयोजित यले नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा माघे संक्रान्ति कार्यक्रम गरि मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापाले नेपाल सबै जातजातिको साझा फूलबारी भएकोले एकआपसमा प्रेम भाव र सबैको भावनाको इज्जत, सम्मान गर्नुपर्ने बताए ।
यायोक्खा पथरीशनिश्चरे नगर समिति अध्यक्ष प्रेम बाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा प्रथम हाङ यलम्बरको मूर्तिमा मालार्पण, हन्डीफोर, म्युजिकल चेयर, बेलुन फुटाइ खेलमा प्रतिस्पर्धा गराउनुको साथै बृद्धावृद्धालाई सम्मान, चियापान र साकेला नृत्य प्रस्तुत भएको थियो ।
कार्यक्रममा हन्डिफोर खेलमा गजेन्द्र राई, म्युजिकल चेयर्समा कला राई र बेलुन फुटाइ खेलको प्रथम हुने बिकिसा राईलाई नगर प्रमुखको हस्तबाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो । सचिव निर्मला राईले सञ्चालन गरेको कार्यक्रमा उपाध्यक्ष प्रेम चाम्लिङ राईले स्वागत गरेका थिए ।


180 पटक हेरिएको 





