काठमाडौं। माबि तह तृतीय श्रेणी शिक्षक पदको नियमित शुल्क तर्फको आवेदन समयावधि सकिएपछि मात्रै निमावि तहको विज्ञापन गर्ने जनाएको छ ।
शिक्षा सेवा आयोगको अनुसार दुई वटा तहको आवेदन दिनेको संख्या बढी हुनाले सर्भरमा समस्या हुने भएको भन्दै मावि तहको नियमित दस्तुर तिरेर आवेदन दिने समयावधि सकिएर मात्रै विज्ञापन खोल्ने तयारी गरेको जनाएको छ ।
आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने ‘गत वर्ष धेरै आवेदकहरु भएकोले सर्भर डाउन हुने समस्या धेरै भयो । त्यस्तो हुँदा धेरै आवेदकले दुख पाउनुभयो । त्यसैले नियमित दस्तुर समयावधि सकिएर खोल्ने योजनामा छौं ।’
आयोगले मावि तह तृतीय श्रेणी शिक्षक पदको रिक्त दरबन्दीका लागि नियमित दस्तुरमा माघ २४ गतेसम्मलाई आवेदन खुला गरेको छ । त्यसलगत्तै निमावि तहको विज्ञापन खोल्ने आयोगले जनाएको छ ।


160 पटक हेरिएको 









