पथरी । माघे संक्रान्ती र तथा शार ल्हेसा ५०१७ को अवसरमा जनप्रतिनिधि सम्मान तथा साँस्कृतिक कार्यक्रम भएको छ ।
सोमबार नेपाल मगर संघ पथरीशनिश्चरेले आयोजना गरेको कार्यक्रममा शुभकामना आदान प्रदानका साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु र पथरीशनिश्चरेमा मगर समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । निर्वाचित जनप्रतिनिधिद्वय वडा नं. ५ का वडा सदस्य सागर लायो मगर र वडा नं. ८ का वडा सदस्य शान्ति योङहाङ मगरलाई संघले सम्मान गरेको हो ।
कार्यक्रममा मगर राष्ट्रिय गीत, स्वागत नृत्य मारुनी साउनको ठूलो छहारी, तामाङ सेलो नृत्य, आदिवासी जनजाति नृत्य लगायतका साँस्कृतिक प्रस्तुतिहरु कलाकारले पस्केका थिए । मगर संघ पथरीशनिश्चरेका अध्यक्ष टंक रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभासदस्य सुनिल शर्मा, विशिष्ट अतिथि माननीय गिता तिम्सिना, प्रथम संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य पार्वता मिठाकोटे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेपाल मगर संघ पथरीशनिश्चरे नगर कमिटी उपाध्यक्ष काबुल बहाुदर मगरको रहेको थियो भने सञ्चालन सचिव खगेन पुलामीको रहेको थियो ।


158 पटक हेरिएको 








