पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप -२०८२ को आयव्यय १ महिनापछि सार्वजनिक गरिएको छ ।
शनिबार आयोजक पथरी ११ फुटबल क्लब पथरी शनिश्चरेले पत्रकार सम्मेलनको आयोजना गरि हरहिसाब सार्वजनिक गरेको हो । गोल्डकपमा कुल ४५ लाख ४० हजार १ सय ५० रुपैयाँ आम्दानी र ४२ लाख ३६ हजार २ सय खर्च भइ क्लबको खातामा ३ लाख ३ हजार ९ सय ५० रुपैयाँ वचत भएको आयोजकले वताएको छ ।
उक्त गोल्डकपलाई सभ्य र भव्य सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरी आर्थिक, नैतिक र भौतिक सहयोग प्रदान गर्ने पथरीशनिश्चरे नगरपालिका तथा नगर खेलकुद समिति, मुख्य प्रायोजक इन्ट्रा फाउण्डेसन अमेरिका, सांग्रिला युथ फुटबल क्लव अमेरिका, के. आई. ई. सी. इटहरी, पथरीशनिश्चरे नगर , फस्ट लिङ्क, सिद्धार्थ वैङ्क, ब्रिटिस आर्मी, विभिन्न संचारमाध्यममा कार्यरत सञ्चारकर्मीहरू, आयोजक उपसमितिका सदस्यहरू, दर्शकहरू लगायत संस्थागत एवम् व्यक्तिगत रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा आयोजक हार्दिक आभार सहित धन्यवाद दिएको छ। क्लबका अध्यक्ष सुमन बिकले हरेक वर्ष गोल्डकप आयोजना गर्ने लक्ष्य राखिएको बताए । फाउन्डेसन अफ अमेरिकाका नेपाल प्रतिनिधि राम बानियाको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा क्लबका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो। गोल्डकपमा कार्तिक १५ गते देखि २२ गते सम्म सञ्चालन भएको थियो ।


42 पटक हेरिएको 








