पथरीमा आजदेखि चासोक तङ्नाम सुरु

पथरी । मोरङ्को पथरी शनिश्चरेमा तीन दिनसम्म जारी रहने चासोक तङ्नाम कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ । कार्यक्रममा पक्लुङ लेप्मा(छेलो), हप्रीङ लक्मा(लङ जम), लि:तोङ आप्मा(धनुषकाण), इवा थक्मा(भाले जुधाई), थाक्मा उङ्मा(डोरी तनाई)लगायत प्राचीन प्रतियोगिता हुने बताइएको छ । बुधबार फुटबल अन्तर्गत महिलाहरुबिच लुङ्गी प्रतियोगिता हुदैछ । त्यस्तै आयोजक भेट्रान र पथरी भेट्रानबिच फुटबल प्रतियोगिता पनि हुनेछ । साझ भने स्थानीय कलाकार निश्चल लिम्बू, मनिस सुमन चोङ्बाङलगायको साङ्गीतिक कार्यक्रम हुदैछ । बिहिवार प्रदेश सभा सदस्य मान बहादुर लिम्बुको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम हुनेछ । के:लाङ नाच, पुरस्कर वितरण, न्वागी पुजालगायत कार्यक्रम पनि तय गरिएको छ । बिहिवार साझ बबिना किराँती, दिपक लिम्बुलगायतको साङ्गीतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रम चासोक तङ्नाम उधौली पूजा २०८२ आयोजक समितिले आयोजना गरेको हो । सिरिजङ्गा स्मृति धार्मिक बन समूह पथरी शनिश्चरे १० हुने कार्यक्रम वर्षेनी किरात याक्थुङ चुम्लुङ र धार्मिक बनले सङ्गोलमा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार