पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सबै बिद्यालय बन्द गरिएको छ । आज बसेको नगर शिक्षा सामितिको बैठकले माघ ४ गतेदेखि ६ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । तीनदिन देखि चिसो बढेकोले शिक्षण सिकाइ क्रियाकलाप गर्न अनुकुल नदेखिएकाले बिद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।


195 पटक हेरिएको 









