पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी नगर अस्पतालको अमेरिकन एम्बेसीका उच्च अधिकारीहरुले अवलोकन गरेका छ ।
बुधबार अमेरिकन एम्बेसी पोल्टिकल एण्ड इकोनोमिक अफिसर ल्यान गुरिन र पोल्टिकल अफिसर जेनिफर डासका साथमा एल.डब्लु.एफ. झापा दमकका प्रमुख र कर्मचारीहरुको टोलीले अस्पतालको विषयमा जानकारी लिएको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य संयोजक मुरारी आचार्य, जग्गादाता व्यवस्थापन समितिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका सदस्य बाबुराम राई, अस्पतालका स्टाफहरु लगायतले अस्पतालको बारेमा जानकारी दिएका छन् । नव निर्मित भवनको बारेमा पनि जानकारी गराइएको र भवन निर्माणपछि थप उपकरणहरुको सहयोगको विषयमा कुरा भएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी गराए।


137 पटक हेरिएको 









