नाफामुखी होइन, सेवामुखी हुनेभएकोले अस्पताललाई प्रोत्साहन गर्नुपर्छ: प्रदेश प्रमुख खापुङ

 110 पटक हेरिएको

उर्लाबारी । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले जनताको स्वास्थ्य सेवामा सरकारी अस्पतालले मात्र समाधान गर्ने नभ्याउने हुँदा व्यक्तिगत अस्पतालहरु सञ्चालनमा आएको बताएका छन । मोरङको उर्लाबारीस्थति अरनिको अस्पतालको नवौं साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुखज्यूले यस्तो बताएको हो । प्रमुख खापुङ्ले अस्पतालले नाफामुखी होइन, सेवामुखी हुनेभएकोले अस्पताललाई प्रोत्साहन गर्नुपर्ने बताए ।
सभासमारोहमा शिक्षा र स्वास्थ्यको सन्दर्भमा बोल्दै नै आएरहेको बताउँदै भने `राज्यले नि शिक्षा र स्वास्थ्यलाई मौलिकको हकको रुपमा राखेको छ । शिक्षा र स्वास्थ्यमा अगाडि बढ्न सकेनौ भने मुलुक अगाडि बढ्न सक्दैन ।´
छोटो समयमै अरिनको अस्पतालले यस उर्लाबारी क्षेत्रमा राम्रो छाप छोड्न पाएको खबर सुन्न पाउँदा खुशी लागेको पनि प्रदेश प्रमुख खापुङले बताए । नवौं साधारणसभाको अवसर पारेर राधिका माविमा १२ कक्षामा अध्ययनरत सुनिता चेपाङ, ११ मा अध्ययनरत सुमित्रा किस्कु, जालमा मावि पथरीमा कक्षा १० मा अध्ययनरत अर्जन मगरलाई जनही १० हजारको दरले छात्रवृति प्रदान गरेको थियो । त्यसैगरी कवि मञ्जुल मितेरी, नमूना बालगृहकी सञ्चालिका मिना बराल, पत्रकारहरु सरोज बस्नेत, जगन्नाथ भट्टराई, राजघाट स्वास्थ्यचौकी इन्चार्ज सन्दिप नेयोङ, पूर्व मेयर खड्ग फागोलाई प्रदेश प्रमुख खापुङले सम्मान गरे ।
अस्पतालका सञ्चालक आइन्बा पोमुले ७८ जनाको सक्रियतामा शुरु गरिएको अस्पतालमा देशविदेशमा रहेका युवाहरुको लगानी रहेको बताए ।
कार्यक्रममा सम्पूर्ण दलहरुको तर्फबाट निरुपा निरौला, पूर्व मेयर खड्ग फागो, मेयर गंगा खरेल, प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले पनि मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार