मानसिक तथा मनोसामाजिक अपाङ्गताको स्वास्थ्य उपचार

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शुक्रबार मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका २७ जनाको स्वास्थ्य उपचार गरिएको छ ।
नगरपालिकाको अस्पतालमा अपाङ्गता तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको स्वास्थ्य उपचारमा सहयोय क्रियाकलाप अन्तर्गत सो उपचार गरिएको बालबालिका तथा जेष्ठ शाखा प्रमुख गीता कट्टेलले जानकारी दिइन् । उपचार भने डा. कञ्चन दाहालले गरेका थिए । कार्यक्रमको अनुगमन गर्दै नगर उप–प्रमुख देवीमाया काफ्लेले मानसिक तथा मनोसामाजिक अपाङ्गताहरुको विषयमा जानकारी लिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार