पथरी । ‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिक’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे ३ मा येले तङ्वे मेला सुरु भएको छ । येले तङ्वे ५०८३ को अवसरमा लागेको मेला शुक्रबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोले रिवन काटेर उदघाटन गरे । येले मेला व्यवस्थापन समितिको आयोजना भएको मेला सुन्दरीचौकमा माघ १५ गतेसम्म लाग्ने आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष कविराज काम्बाङ लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वेदप्रसाद गौतम, वडा नं. ३ का अध्यक्ष विजय लिम्बु, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं.३ का निवर्तमान वडा अध्यक्ष डम्बर चेम्जोङ, वडा नं. ८ का निवर्तमान वडा अध्यक्ष बाबुराम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेलामा कलाकारहरुले दैनिक सांगीतिक प्रस्तुति दिने आयोजकले बताएको छ ।


154 पटक हेरिएको 








