पथरी । नेवा पुच पथरीशनिश्चरे नगरपालिकाले ३ दिवसीय नेवारी परिकार तालिमको आयोजना गरि परिकार बनाउन सिकाएको छ ।
माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालित तालिममा नगरका नेवारी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख मोहनप्रसाद तुम्वापोलेले भावी दिनमा नेवा पुचःसँग सहकार्य गरेर नगरमा अन्य गतिविधिहरुलाई पनि विशेष जोड दिने उदघोष गरे । नगर उपप्रमुख देवीमाया काफ्ले वडा नं. १ का वडाध्यक्ष भीम राई, अम्बर बहादुर श्रेष्ठ र प्रशिक्षक पुष्पा श्रेष्ठले मन्तव्य राखिएको समापन कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै नेवारी परिकार चखाइएको थियो । नेवा पुँच पथरी शनिश्चरेका अध्यक्ष लोकेन्द्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव मोहन श्रेष्ठले सञ्चालन गरेको थियो ।


166 पटक हेरिएको 








