माङसेबुङ(इलाम)। किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ मा पाहुना टोली एफ.एफ.सी. दार्जिलिङ भारतले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा उस्ले ५-१ गोल अन्तरले रोयल स्पोर्टिङ क्लब दमकलाई पाखा लगायो । पहिलो हापमा सोनिया मारकले ह्याट्रिक गर्दै टिमलाई फराकिलो अन्तरले विपक्षीलाई पछि पारिन् ।
दोस्रो हापको पहिलो सान्तवना गोल दमकको तर्फबाट मेनुका आलेमगरले गरिन् । त्यसपछि पाहुना टेलीकै सोनिया मारक र सुस्मिता लेप्चाले एक/एक गोल गर्दै टिमलाई जित दिलाए ।
बुधबार माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरी, र गाइघाट फुटबल क्लब उदयपुर, बीच खेल हुनेछ । कपमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने छन् । खेलका विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ । आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप फागुन ३ गतेसम्म प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ ।


172 पटक हेरिएको 












