पवित्रहाङमा कपः धनकुटा फाइनलको दाबेदार बन्यो

माङसेबुङ । इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप अन्तरगत शनिबार भएको खेलमा धनकुटा जिल्ला फुटबल संघ धनकुटाले जित निकालेको छ । जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलामलाई २-१ गोलको झिनो अन्तरले धनकुटा अघिल्लो चरण प्रवेश पाएको हो । पहिलो हापमा दुवै टिमको एक/एक गोल भएपनि दोस्रो हापमा भने धनकुटाले पुनः एक गोल थप्दै जित सुनिश्चित गरेको हो । इलामले कन्काई नगर खेलकुद विकास समिति झापालाई बाहिराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो भने धनकुटा वाइ पाएको टिम हो । अब धनकुटाले सेमिफाइनलमा एफ.एफ.सी. दार्जिलिङ भारतसँग सामना गर्नुपर्नेछ ।
किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा नेपाल र भारतका १० महिला फुटबल टिमले सहभागिता जनाएको छ । खेलको विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।
आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप फागुन ३ गतेसम्म प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार