मध्यपूर्वमा पनि प्रदर्शन हुने

युएई । नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज हुने भएको छ । रिलिज गर्न चलचित्र बिकास बोड र वितरक रमेश ढकाल बीच सम्झौता भए संगै चलचित्र छक्का पन्जा ४ फागुण १९ गते नेपाल संगै एक साथ मध्यपूर्वमा पनि पर्दशनी हुने भएको हो ।
चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा निप फिलिममा प्रोपाइटर रमेश ढकाल र बोर्ड अध्यक्ष भुवन केसीबीच मध्यपूर्वमा नेपाल संगै एकसाथ चलचित्र प्रदर्शन गर्ने लिखित सहमति भएको थियो । रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्रप्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका ६ देशका मुख्य-मुख्य शहरका बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ४ ’ एकैसाथ प्रदर्शन हुने वितरक रमेश ढकालले जानकारी दिएका छन । हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार