पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ ले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । वडा कार्यालयको अर्धवार्षिक प्रगति विवरण समेत सार्वजानिक कार्यक्रममा वडा अध्यक्ष नविन कार्कीले ३४ वटा बुँदागत रुपमा प्रगति विवरण प्रस्तुत गरे ।
वडाबाट अर्धवार्षिक समीक्षा अन्तर्गत जन्मर्ता १ सय ६५ जना, मृत्युदर्ता ६६ जना, बसाई सरी आएको ५१ परिवार, सम्वन्ध विच्छेद ११ जोडी, नागरिकता सिफारिस १ सय ४५ जना, नागरिकता प्रतिलिपि सिफारिस २ सय ४३ जना, राजश्व संकलन ६ लाख ६४ हजार ५७ रुपैया, विद्यार्थी छात्रवृत्ति वितरण ३६ जना, न्यानो कपडा वितरण ३ सय ३५ जना, बायोमास चुल्हो वितरण २० परिवार, राष्ट्रिय परिचयपत्र विवरण संकलन २ हजार ९ सय ४० जना, भौतिक पूर्वाधार (पुँजिगत)तर्फ १६ वटा शीर्षक राखिएकोमा १५ शीर्षकको सम्झौता भईसकेको, काम भएको योजनाको प्रतिशत ९५.४८ लगायत विवरण प्रस्तुत गरिएको थियो । वडा कार्यालयमा नै मालपोत बुझाउने कार्य सुरुवात भएको, सामुदायिक विद्यालयमा डिजिटल हाजिरी मेसिन जडान गरिएको, वडाको आधारभूत स्वास्थ्य केन्द्रमा एच.ए.सहितको सेवा सुरुवात गरिएको, जग्गाधनी लालपुर्जाको वितरण सुरुवात र सुद्ध ऐलानी जग्गा नया नापी गर्ने प्रक्रिया अगाडि बढाएको विवरणहरु प्रस्तुत गरिएको थियो ।
अर्धवार्षिक समीक्षा कार्यक्रमका अध्यक्ष वडाध्यक्ष कार्कीले वडावासीको प्रश्न तथा सुझावहरु संकलन गरी जवाफ दिए ।


186 पटक हेरिएको 







