फेरि याक्थुङ ज्ञान महोत्सव हुने

शिवसताक्षी (झापा) । याक्थुङ युवा मञ्चले २०७६ साल जेठ २४ र २५ गते काठमाण्डौंमा प्रथम याक्थुङ ज्ञान महोत्सवको आयोजना गरेको थियो भने दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ साल फागुन १९ र २० गते शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा गर्दैछ ।
मञ्चले बौद्धिक ज्ञान आदान-प्रदान र पुस्तान्तरणका लागि दोस्रो पटक याक्थुङ ज्ञान महोत्सव गर्न लागेको मञ्चका अध्यक्ष सचिव गणेश तुम्रोकले बताए ।
महोत्सवमा याक्थुङ (लिम्बू) जातिको मुन्धुम, इतिहास, सभ्यता, संस्कृति, रितिरिवाज, रहनसहन, साहित्य, संगीत आदि विषयवस्तुहरुमाथि प्रस्तुती, बैचारिक वहस, सुन्ने-सुनाउने र बुझ्ने-बुझाउने जस्ता क्रियाकलाप हुनेछन् ।
ज्ञान महोत्सवले विशेष गरी युवा पुस्तालाई आफ्नो मौलिकता चिनाउन र बुझाउन मद्धत गर्ने साथै बौद्धिक ज्ञान पुस्तान्तरणका लागि महत्वपूणर् सहयोग पुर्‍याउने याक्थुङ युवा मञ्चका अध्यक्ष प्रज्ञा इजम बताउछिन् । महोत्सव प्रदेस नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा सम्पन्न हुने मञ्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार