गाईघाटमा पहिलो पल्ट आयोजना गरिएको म्युजिक अवार्ड कार्यक्रममा उदयपुरका विभिन्न १८ विद्याका कलाकारहरुलाई उदयपुर म्युजिक अवार्ड प्रदान गरेको छ । शनिवार बोक्सेको सत्न होटल सिमल डाडामा आयोजित विशेष समारोहका बीच जिल्लाका १८विद्यामा उत्कृष्ट कलाकारहरुलाई अवार्ड प्रदान गरिएको हो ।
कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नाराका साथ उपहार मिडिया ग्रुप प्रा.लिद्धारा आयोजित अवार्ड कार्यक्रममा नेपाली सांगितिक क्षेत्रका एक सफल गायक तथा संगितकार सिला बहादुर मोक्तान र लोक प्रीय गायीका कुन्ती मोक्तानको विशेष उपस्थित रहेको थिए । मोक्तान दम्पतीलाई उपहार एफएम लाइफटाइम एचिभमेन्ट अवार्ड सहित सम्मान गरिएको थियो । म्युजिक अवार्डमा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई र बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादव लगायतले कलकारहरुलाई संयुक्त रपमा अवार्ड प्रदान गरेका थिए ।
यस्तो छ १८ विधामा उदयपुर म्युजिक अवार्ड पाउँनेहरुको नामावली
उपहार एफएम लाइफटाइम एचिभमेन्ट अवार्ड संगितकार सिला बहादुर मोक्तान र लोक प्रीय गायीका कुन्ती मोक्तान रहेका छन् । सर्वश्रेष्ठ रक पप गायक अशोक शिवा, उदीयमान गायक गोविन्द गुरागाईं, उत्कृष्ट मोडल रियाज आचार्य, उत्कृष्ट म्युजिक भिडियो निर्देशक प्रदिप कुमार चौधरी, उत्कृष्ट गीतकार सिन्ध्वोज दनुवार, उत्कृष्ट गायक जुरी अवार्ड नारायण दनुवार, उत्कृष्ट सांस्कृतिक गायक शिव थापा मगर, उत्कृष्ट आधुनिक गायक शशिचन्द्र राई, उत्कृष्ट लोक पप गायक सन्दिप मोते, सर्वोत्कृष्ट मोर्डन पप गायिका सुनिता कार्की, उत्कृष्ट मेलोडी पप गायिका अप्सरा घिमिरे, उत्कृष्ट लोक गायक विनोद दनुवार, उत्कृष्ट मेलोडी पप गायक फिरोज बस्नेत, उत्कृष्ट पार्श्व गायक टम्पशेर राई, उत्कृष्ट फेमेल मोडल रेखा राई र उत्कृष्ट पार्श्व गायिका पूजा मगरले पाएका हुन । त्यस्ते यता उपहार कला सम्मान मनोहरी थापा, सैलेन्द्र खतिवडा, मिथुन ठाकुर, चन्द्र तामाङ, दिनेस लामा, आदि र कला सम्मानमा गोपाल कृतिलाई सम्मान गरेका हुन ।
उदयपुरबाट सांगितिक क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्दै आएका बिभिन्न कलकारहरुलाई सम्मान स्वरुप अवार्ड प्रदान गरेको उपहार मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङले बताए । जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गरिएका म्यूजिक अवार्डमा विभिन्न विधामा एक दशक यात्रा गरी सांगितिक क्षेत्रमा क्रियाशिल गायक, संगीतकार, रचनाकार तथा कला क्षेत्रमा क्रियाशिलहरुलाई अवार्ड वितरण कार्यक्रम गरिएको आयोजक अध्यक्ष तामाङले बताए ।-पूर्णपुष्टि खबर


107 पटक हेरिएको 








