फिपराज बेघा
विराटनगर । ‘कोशी प्रदेश’ नेपाली जनताको साझा नामको हवाला दिएर शासक जातीय साम्प्रदायिक नाम राख्ने सडयन्त्र भइरहेकोमा त्यसप्रति लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले खेद व्यक्त गर्दै असहमति जाहेर गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै प्रदेश नम्बर १ मा शासक जातीय पहिचानमा आधारित कौशिकी ऋषिमुनिको नामबाट बनेको कोशी नदीबाट ‘कोशी प्रदेश’ राख्ने षडयन्त्र भएको भन्दै समितिले खेद व्यक्त गरेका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘प्रदेशहरूको नामकरण गर्ने सन्दर्भमा उत्पीडनकारी औपनिवेशिक एवम् सामन्ती केन्द्रीकृत एकात्मकवादी चिन्तनको धङ्धङी झल्कने गरी पञ्चायती शैलीमा जबरजस्ती ढङ्गले गण्डकी, बागमती लगायत नामहरू राखिएको र प्रदेश नम्बर १ मा शासक जातीय पहिचानमा आधारित कौशिकी ऋषिमुनिको नामबाट बनेको कोशी नदीबाट ‘कोशी प्रदेश’ नेपाली जनताको साझा नामको हवाला दिएर शासक जातीय साम्प्रदायिक नाम राख्ने सडयन्त्र भइरहेकोमा त्यसप्रति हामी खेद व्यक्त गर्दछौँ र असहमित जाहेर गर्दछौँ ।’ समितिले कोशी प्रदेशको सट्टा ‘लिम्बुवान, किरात प्रदेश’ हुनुपर्ने माग राख्दै आएको छ ।
यस्तो छ विज्ञप्ती
मिति : २०७९ फागुन १७
आदरणीय पत्रकार मित्रहरू,
जनादेश अनुरूप पहिचानमा आधारित पछिल्लो ‘मधेश प्रदेश’ नामकरण भएसँगै नामकरण गर्न बाँकी रहेको प्रदेश नम्बर १ को नाम प्रदेश नम्बर १ को प्रदेश सभाले विना कुनै छलफल र बहस छापामार शैलीमा नामकरण गर्न लागेको सन्दर्भमा हामी तपसिलका राजनीतिक, सामाजिक तथा सामुदायिक सङ्घसंस्थाहरूको ध्यानाकर्षण भएको जानकारी गराउँन चाहन्छौँ ।
विगतमा संविधानसभाको विषय समिति र राज्यपुनर्संरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिमका पहिचानमा आधारित प्रदेश नामहरू सुनिश्चि हुनुपर्ने थियो तर सोको मर्मविपरीत ७ प्रदेशको घोषणा भएको सर्वविदितै छ । प्रदेशहरूको नामकरण गर्ने सन्दर्भमा उत्पीडनकारी औपनिवेशिक एवम् सामन्ती केन्द्रीकृत एकात्मकवादी चिन्तनको धङ्धङी झल्कने गरी पञ्चायती शैलीमा जबरजस्ती ढङ्गले गण्डकी, बागमती लगायत नामहरू राखिएको र प्रदेश नम्बर १ मा शासक जातीय पहिचानमा आधारित कौशिकी ऋषिमुनिको नामबाट बनेको कोशी नदीबाट ‘कोशी प्रदेश’ नेपाली जनताको साझा नामको हवाला दिएर शासक जातीय साम्प्रदायिक नाम राख्ने सडयन्त्र भइरहेकोमा त्यसप्रति हामी खेद व्यक्त गर्दछौँ र असहमित जाहेर गर्दछौँ ।
यसका अलावा ऐतिहासिक लिम्बुवान, किरात आन्दोलन, मधेस आन्दोलन, आदिवासी आन्दोलन, आदिवासी जनजाति आन्दोलन, २००७ सालको क्रान्ति, निरङ्कुश पञ्चायत विरुद्धको आन्दोलन, १० वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलनको जनादेश अनुसार ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान र माझ किरातको रैथाने आदिवासीले ढालफाड गरेर निर्माण गरेको भूगोल १४ जिल्लाको प्रदेश नम्बर १ लाई प्रदेश सभाबाट साझा संयुक्त पहिचानको आधारमा ‘लिम्बुवान, किरात प्रदेश’ नाम राख्नु पर्दछ भनी यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौँ । यस मागलाई नजरअन्दाज गरी लिम्बुवान नाम समावेश नगरी पहिचान विरोधी कोशी प्रदेश नाम राखिए त्यसको सशक्त प्रतिरोध गर्दै हामी दीर्घकालीन रूपमा आन्दोलनमा होमिन बाध्य हुने र त्यसले हामी नेपाली जनताको दीगो शान्ति र अमन चयनमा समेत असर गर्ने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छौँ ।


174 पटक हेरिएको 












