विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रदेश खारेजीको घाइते भई मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई तत्काल राहत स्वरूप ३ लाख रूपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।
आज मन्त्रिपरीषदको २५ औँ बैठकले उक्त निर्णय गरेको हो । लाजेहाङ प्रदेश पुनः नामकरण मागको आन्दोलनमा चैत ५ भएको विराटनगरमा भएको विरोध प्रदर्शनमा घाइते भएका उनको चैत १० गते विहान २ः३० वजे बिपी प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मन्त्री परिषद्को निर्णयमा ‘मृतक पदम लिम्बू प्रति हार्दिक श्रद्धाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवं हार्दिक समवेदना प्रकट गर्दछ । तत्काल राहत स्वरूप मृतकका परिवारलाई रु. तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण गर्ने’ उल्लेख छ ।
मन्त्री परिषद्ले पर्यटन, वन वातावरण मन्त्रालय द्वारा पेस गरिएको दुईवटा संशोधन विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।


90 पटक हेरिएको 












