पथरी । कोशी प्रदेश खारेजीको माग गर्दै मोरङको पथरी शनिश्चरे नगरपालिका र मातहतको सबै वडा कार्यालयहरुमा तालाबन्दी गरेको छ ।

बिहीबार नगर कार्यपालिकाको कार्यालय, वडा नम्बर १ को वडा कार्यालय, वडा नम्बर २ को वडा कार्यालय, वडा नम्बर ३ को वडा कार्यालय, वडा नम्बर ५ को वडा कार्यालय, वडा नम्बर ६ को वडा कार्यालय र वडा नम्बर ७ को वडा कार्यालयमा तालाबन्दी गरिएको थियो ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लोकसागर साम्बाले लाजेहाङ लिम्बुलाई तत्काल सरकारले राष्ट्यि सहिद घोषणा गर्नुपर्ने र प्रदेशको पुनःनामाकरण गरी पहिचानको आधारमा किरात लिम्बुवान प्रदेश बनाउनको निमित्त तालाबन्दी गरेको बताएका छन् । उनले तालाबन्दीको कार्यक्रम चैत १७ गतेसम्म जारी रहने जनाए ।

संघर्ष समितिले नगरपालिको कार्यालय, वडा नम्बर ५, ६ र ९ को वडा कार्यालयमा कोशी प्रदेश साइनबोर्ड मेटि दिएका छन् ।

हिजो (बुधबार) पथरी शनिश्चरे नगरपालिकाको विभिन्न वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ । वडा नम्बर ४ को वडा कार्यालय, वडा नम्बर ८ को वडा कार्यालय, वडा नम्बर ९ को वडा कार्यालय र वडा नम्बर १० को वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

सोमबार समितिले आन्दोलनलाई सहयोग गर्न अनुरोध गर्दै पालिकाको कार्यालय र मातहतको वडा कार्यालयहरुलाई अनुरोध पत्र बुझाएको थियो । समितिले पथरी शनिश्चरे नगर कार्यपालिकाको कार्यालय, मातहतको १० वटा वडा कार्यालयहरुलाई अनुरोध पत्र बुझाएको हो । कोशी नाम खारेजी र प्रदेश नं.१ लाई पहिचानको आधारमा पुनः नामाकरण गर्नको लागि अघि बढिरहेको संयुक्त आन्दोलनलाई चैत १४ गतेदेखि १७ गतेसम्म अनिवार्य रुपमा कार्यालय बन्द गरि पहिचानको आन्दोलनलाई सहयोग गर्न अनुरोध गरेको हो ।



171 पटक हेरिएको 












