कोशीविरुद्धको आन्दोलनकर्मी राईलाई रिहा गर्नुपर्ने समितिको माग

इटहरी । किरात राई यायोक्खा इटहरी उपमहानगरपालिका वार्ड नम्बर १, १९ र २० का वार्ड सदस्य दिपराज राई (दिप खिम्दुङ)लाई अविलम्ब रिहा गर्न माग गरिएको छ । प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले चैत २१ गते बिज्ञप्ति जारी सो माग गरेको हो ।प्रेस विज्ञप्तिमा भनिएको छ,`निर्दोष दिपराज राई (दिप खिम्दुङ)को विनाशर्त अविलम्ब रिहा नभएमा ‘प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ सशक्त प्रतिरोधमा उत्रन बाध्य हुने र यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरोकारवालाले लिनु पर्ने चेतावनी दिन चाहन्छौँ ।´
कोशी प्रदेश नामकरण विरुद्धको शान्तिपूर्ण आन्दोलनका आन्दोलनकर्मी राई लाई विना अभियोग, अदालतको आदेश वा कुनै जानकारी नै विना व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र गोपनीयताको अधिकार विपरीत घरै भित्रबाट अपहरण शैलीमा प्रहरीले पक्रिएको समितिको भनाइ छ । राईलाई इलाका प्रहरी कार्यालय इटहरी हुँदै जिल्ला प्रहरी कार्यालय इनरुवा लगी राखिएको वताइएको छ । पक्राउ परेपछि इलाका प्रहरी कार्यालय परिसरमा प्रहरी विरुद्ध नाराबाजी समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार