बेलबारी । `बुद्ध वज बर्न इन नेपाल´’भन्ने नाराको साथ `धिरज राई कन्सर्ट-२०८०´ हुने भएको छ ।
शनिबार आयोजक मगर बौद्ध गुम्बा भाउन्ने बेलबारीले पत्रकार सम्मेलन गर्दै कन्सर्ट बारे थाहा दिएको हो । बुद्ध जयन्तीको पावन अवसर पारेर बैशाख २२ गते शुक्रबार बेलबारी १० भाउन्ने स्थित मगर बौद्ध गुम्बामा कन्सर्ट हुने भएको हो । गुम्बाको अध्यक्ष एबम कार्यक्रम संयोजक अमीर मगरले बौद्ध मार्गी, स्थानीय सरकार, विभिन्न सस्था, स्थानीयबासीको सहयोगमा हुने कन्सर्टबाट हुने आयबाट जीर्ण रहेको गुम्बाको बिकासमा लगानी गर्ने बताए। बुद्ध नेपालमा जन्मका हुन् भन्ने सत्यलाई विश्वभर फैलाउने उद्देश्यको साथ हुने कन्सर्टमा विभिन्न सास्कृतिक कार्यक्रम पनि हुने संयोजक मगरको भनाइ छ ।



107 पटक हेरिएको 












