मिक्लाजुङ(मोरङ)। कालिका माध्यमिक विद्यालय मिक्लाजुङ ३ मोरङमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ६ गते १२:३० बजे बिद्यालय समयमा सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाएका थिए। भिडियो समाजिक संजालमा सम्प्रेषण गरेको जानकारी ईलाका प्रहरी कार्यालय उर्लाबारीमा प्राप्त हुनासाथ घटनामा संलग्न ब्यक्तिहरूलाई पक्राउ गर्न टोली परिचालन गरिएको थियो । बैशाख ११ गते नियन्त्रणमा लिई आज मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको हाल विर्तामोङ बि एण्ड सि अस्पतालमा उपचार भइरहेको छ।


89 पटक हेरिएको 








