पथरी । पङयाङगू समाज पथरी शनिश्चरेको प्रथम अधिबेशन नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ ।

तीन वर्षे कार्यकालको लागि शिव पङयाङगूको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मण, सचिबमा लिला कुमार, कोषाध्यक्षमा सपना र सदस्यहरुमा राज, तिल बहादुर, भिम, लीला, किशोरमान, लक्ष्मी र कुमारी रहेका छन् । समाजको अधिबेशनमा किरात याक्थुङ चुम्लुङ्का संघीय उपमहासचिव योगेन्द्र पालुङ्वा, राष्ट्रिय चुम्लुङ सदस्य फिपराज बेघा, नेपाली काङ्ग्रेसका महासमिति सदस्य बिक्रम पङयाङगू, सिरिजङ्गा स्मृति धार्मिक बनका सचिब केशव कुरुङ्भाङ्ले मन्तव्य राखेका थिए ।


249 पटक हेरिएको 












