बेलबारी । आज`बुद्ध वज बर्न इन नेपाल´भन्ने नाराको साथ `धिरज राई कन्सर्ट-२०८०´ हुदैछ ।
मगर बौद्ध गुम्बा भाउन्ने बेलबारीको आयोजनामा हुने कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक अमीर मगरले जनाए। बुद्ध जयन्तीको पावन अवसर पारेर बेलबारी १० भाउन्ने स्थित मगर बौद्ध गुम्बामा कन्सर्ट हुदैछ । गुम्बाको अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक अमीर मगरले बौद्ध मार्गी, स्थानीय सरकार, विभिन्न सस्था, स्थानीयबासीको सहयोगमा हुने कन्सर्टबाट हुने आयबाट जीर्ण रहेको गुम्बाको बिकासमा लगानी गर्ने बताए। बुद्ध नेपालमा जन्मका हुन् भन्ने सत्यलाई विश्वभर फैलाउने उद्देश्यको साथ हुने कन्सर्टमा विभिन्न सास्कृतिक कार्यक्रम पनि हुने संयोजक मगरको भनाइ छ ।