सन्जयको भिडियो मोह

उनी आफू गीत गाउँदैनन्, म्युजिक भिडियोमा अभिनय गर्दैनन्। तर, म्युजिक भिडियो सुटिङका सबै जिम्मेवारी बोक्छन्। लोकेशन हेर्नेदेखि लिएर सुटिङको सम्पूर्ण प्रबन्ध मिलाउँछन्। आफूले व्यवस्थापन सम्हालेका दर्जन जति म्युजिक भिडियोहरू सार्वजनिक भइसकेको उनले जनाए।

धेरै म्युजिक भिडियोको गुणस्तर एकदमै कमजोर हुने गर्छ। जानकारहरूका भनाइमा गीत र भिडियोको स्तर दिनानुदिन खस्किँदो छ। संजयको भनाईमा म्युजिक भिडियो रुचाउन गीत र भिडियोको तालमेल मिल्नु आवश्यक छ। अहिलेका गीत कस्ता छन् भनेर समीक्षा गर्नुभन्दा पनि गीत र भिडियोको तालमेल मिलाउने कुरामा ध्यान दिनुपर्ने राईको कथन छ।

गीत, संगीत र छायाँकन पक्षको गुणस्तरसंग उनको कामले लेनादेना राख्दैन। तर, आफ्नो व्यवस्थापकीय भुमिका रहेको भिडियो चर्चित हुनुको मजा बेग्लै रहेको संजय सुनाउँछन्। ‘सबैभन्दा ठूलो कुरा हामीले गीत हेर्दा पनि राम्रो लागोस्, सुन्दा पनि आनन्द आओस्’, उनले भने, ‘सबै कुराको तालमेल मिलाएर काम गर्ने हो भने म्युजिक भिडियोले लगानी उठाउँछन्।’


नेपाली सांगीतिक क्षेत्रमा चम्किएका गायिका मेलिना राई, संगीतकार बसन्त सापकोटादेखि प्रदेश लिम्बू, सुहाङ लिम्बूसम्म। एकसे एक चर्चितहरुको समीपमा रहेर उनले काम गरिरहेका छन्। गायिका मेलिना राई संजयको काम देखेर दङ्ग छिन्। भन्छिन्, ‘असल व्यवस्थापकीय गुण, सीप र अभ्यासका बारेमा उहाँ (संजय) पोख्त हुनुहुन्छ। उहाँसंग काम गर्न सहज अनुभूति हुन्छ।’

जुनसुकै माध्यमबाट काम गरे पनि गरेको कामबाट त सन्तुष्टि नै छन् । निरन्तर काम पाइराखेकोमा संजय निकै खुसी छन्। `यसै क्षेत्रमा आफू समर्पित रहनेछु।´

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार