भ्रष्टाचारविरुद्ध लेटाङमा पनि आन्दोलन

लेटाङ। भ्रष्टचारीलाई कारवाहीको माग राख्दै मोरङको लेटाङमा पनि प्रर्दशन गरिएको छ ।

सोमबार भ्रष्टचार विरुद्धको नागरिक समूहले  लेटाङ स्थित बिपि चौक अगाडि प्रदर्शन गरेका हुन् ।भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाहीको माग राख्दै उनीहरुले गर्मीको वास्ता नगरी विरोध जनाए ।  नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र राजनीतिक दल अन्तर्राष्ट्रिय जगतमा नांगिएको भन्दै विरोध गरेका छन् । “नागरिक बेच्न पाईदैन, यस्ता नेता चाहिदैन” “भ्रष्टचार विरुद्ध एक जुट हऔं” भन्ने लगायतका प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार