४१ वर्षका दीपेन्द्रराज तिम्सिना पथरी शनिश्चरे मोरङ्का रैथाने हुन । सुरुमा पत्रकार दीपेन्द्रराजको नामको अगाडि `लेखक´ फुर्का जोडदा उचित हुन्छ । २०६८ सालदेखि २०७९ सालसम्ममा ९ पुस्तक लेखिसके । लेखक तिम्सीनाले टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङ क्षेत्र न. २ को एक चिनारी २०७०, पथरीशनिश्चरे नगरको एक चिनारी २०७७, जेसिज दस्तावेज बिगतदेखि बर्तमानसम्म प्रथम संस्करण २०७७, दोस्रो संस्करण २०७८, धिमाल जातिको इतिहास बिगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरीशनिश्चरे २०७८ र मोरङका जनप्रतिधि संङगालो २०७९ पुस्तक प्रकाशनमा ल्याए ।
यसै साता अर्को पुस्तक बजारमा ल्याउदैछ । त्यसपछि २ वटा पुस्तकको तयारी रहेका लेखक दीपेन्द्रराजले ९ सम्मान ग्रहण गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ माेरङ (२०६५), नेपाल जेसीज २०७४, पथरी जेसीज (२०७४/२०७५/२०७६/२०७९), पथरी उद्योग वाणिज्य संघ , तिम्सिना समाज माेरङ जिल्ला (२०७९), प्याब्सन पथरी शनिश्चरे नगर समिति, भुपु सैनिक बाेर्डिङ पथरी (२०७९) र बालनमुना वाेर्डिङ पथरी शनिश्चरे (२०७९) बाट सम्मानित भएका हुन । उनै लेखकसङ्ग गरिएको पुस्तक वार्ता ।
कहिले देखि पुस्तक लेखन कार्य थाल्नु भयो ?
आजभन्दा ठीक १२ बर्ष अघिदेखि किताब निकाल्न थालेको थिए । त्यसबेला अहिले जस्तो सबैको माेवाइल थिएन । लेण्ड लाइन टेलिफोनमा समय कुरेर बाेल्नुपर्थ्याे । धेरै संघसंस्थाकाे टेलिफोन नम्बर, केही व्यक्तिको माेवाइल नम्बर कसरी पाउने ?, मान्छेले खाेजिरहेका हुन्थे । यहि कुरा मलाई खड्कियाे । तत्कालीन पथरी, शनिश्चरे क्षेत्रकाे लेण्ड लाइन फाेनहरु संकलन गरेर पहिलोपटक `टेलिफोन डायरी पुस्तक -२०६८´ मा निकाले । याे नै मेरो पुस्तक लेखनको सुरुवात थियोे ।
पुस्तक लेख्न थाल्नु भएको, १२ वर्ष पुगेछ। ९ पुस्तक सार्वजनिक गरिसक्नु भयो। तपाईंलाई पुस्तक लेख्ने उर्जा कहाँबाट मिल्यो? कि पुस्तकबाट प्राप्त आम्दानीबाट मिल्यो?
किताब क्रमश: लेख्दै गए । सबैले खाेजेर लेखेको किताबको `रेस्पोन्स´ राम्रो भयो । किनिदिनुभयाे । त्यसपछि क्रमश: खाेजीमा लागिरहे । संसारभरि काेराेनाकाे समयमा मानिसहरु घर घरमा बसेकाे बेला मलाई लाग्यो, याे कठिन समयमा पनि केही गर्न सकिन्छ भनेर दिनरात लागे । नेपाल भरिका जेसीज भन्ने संस्थाकाे १६१ वटा शाखाको डाटा संकलन गरेर “जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म ” भन्ने दस्तावेज लेखे । याे नेपालमा जेसीज इतिहासमै पहिलोपटक सबै शाखाकाे लेखिएको किताब थियोे । नेपाल जेसीजका संस्थापक अध्यक्ष परराष्ट्रविद, नेपालकाे चाैथाे गर्भनर डा. भेषबहादुर थापालाई काठमाडौ घरमै गएर, त्यो किताब दिएको थिए । उहाँ त्याे बेला निकै खुसी हुनु भएको थियोे । याे कुराले पनि मलाई निकै ठुलो हाैसला मिल्यो । अनि निरन्तर लेखन कार्यमा लागे, म । जेसीजकाे किताब केही परिमार्जन गरेर दाेस्राे संस्करण पनि निकालेको थिए । यहि किताबको बचेको केही पैसाले अरु किताब लेख्न सहयोग पुग्याे ।
अहिले के लेखिरहनु भएको छ, नि?
अहिले म सहकारीमा पहिलोपटक, तिम्सिना बन्धुहरुकाे दस्तावेज, नेपालको हवाई दुर्घटना र रमाइलो झाेडा काण्डलगायतका बिषयमा लेखिरहेकाे छु । १/२ वटा बिषय त करिब खाेजेर लेखिसकेकाे छु । अन्य क्रमश: लेख्दै जाने सुरमा छु ।

प्रकाशउन्मुख कृति `माईखोलादेखि पुनर्वाससम्म´ कस्तो कृति हो?
अहिले प्रकाशनकाे अन्तिम तयारीमा रहेको `माईखाेलादेखि पुनर्वाससम्म´ नामक दस्तावेज नेपाली भाषी भुटानी शरणार्थीकाे कथा व्यथा समेटिएको पुस्तक हाे । सन् १९९० ताका नेपाली भाषी भुटानीहरु कसरी भुटानबाट लखेटिनु पर्याे । सुरुमा भुटान भारतकाे सिमाना बस्दै पहिलोपटक कसरी माईखाेलामा आईपुग्नु भयो । त्यसबेला माईखाेला बगरमा छाप्रा हालेर बसेकाे कष्टकर पुर्ण बसाइँ, दैनिक दर्जनौं वालवालिकाकाे दुखद निधन भएको कहाली लाग्दो अबस्था केही खाेज्ने प्रयत्न गरेको छु । भुटानभित्र हुदा भएको दमन, हत्या काण्ड पनि याे किताबमा लेखिएको छ । तेस्रो देश पुनर्स्थापना भएपछि पनि विभिन्न देशकाे विभिन्न उच्च तहमा पुगेका भुटानी शरणार्थीहरुकाे खाेजी गरेको छु। भुटानी शरणार्थी दस्तावेज माईखाेलादेखि पुनर्वास लेख्न निकै समय लाग्यो । मसँग कुनै साधन पनि छैन । मान्छे भेट्न जाने पुराना कुराहरु खाेज्ने समय लाग्यो । २ बर्ष पुस्तक लेख्न समय लाग्यो । अमेरिका, अष्ट्रेलिया पुग्नु भएको नेपाली भाषीहरुसँग कुरा गर्दा समय यता र उताकाे नमिल्ने भएकोले अलि समय लाग्यो । सन्दर्भ सामाग्री खाेज्न पनि समय लाग्यो । कुनै एउटा मात्र दस्तावेज खाेज्न पटकपटक विर्तामोड बिराटनगर दाैडिनु परेकाे थियोे ।
आगामी योजना यहाँको के छ?
आगामी याेजना म सहकारीमा पहिलोपटक, तिम्सिना बन्धुहरुकाे दस्तावेज, नेपालको हवाई दुर्घटना र रमाइलो झाेडा काण्ड लगायतका बिषयमा लेखिरहेकाे छु । १/२ वटा बिषय त करिब खाेजेर लेखिसकेकाे छु । अन्य क्रमश: लेख्दै जाने र ती दस्तावेज निकाल्ने सुरमा छु । –प्रस्तुति: फिपराज बेघा


189 पटक हेरिएको 





