`वार्तामा बस्नु अगाडि सरकारले विधेयक खारेज गर्नु पर्छ´

पथरी । ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ ले वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । तर वार्ताको वातावरण बनाउन कोशी लेख्ने बिधेयक खारेज गर्नुपर्ने अडको थापेको छ । `साँचो अर्थमा वार्ताको वातावरण बनाउन प्रदेश सरकारले यो विधेयक खारेज गर्नु पर्छ´बिहिवार बिज्ञप्ति जारी गर्दै भनेको छ, `यसो गरेमा ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ वार्ताका लागि सकारात्मक रहेको यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौँ।´गत जेठ १५ गते कोशी प्रदेश सरकारको प्रवक्तासमेत रहेका उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको नामबाट प्रेस विज्ञप्ति मार्फत वार्ताको माध्यमबाट निकास खोज्न अपिल गरेको थियो ।

कोशी प्रदेश नामाकरणबिरुद्वको आन्दोलनको गरिरहेको समितिको आन्दोलनको क्रममा पदम कुमार लिम्बु ‘लाजेहाङ’ सहिद भइसकेको र प्रहरीको गोली प्रहारबाट घाइते गजेन्द्र फागो उपचाररत छन् । प्रहरीको दमनबाट १५० भन्दा बढी घाइते छन् भने १५ बढीले मुद्दा खेपिरहेका छन् । केही पुर्पक्षमा जेलमा छन् ।वर्तमान आन्दोलनलाई माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एस), नागरिक उन्मुक्ति पार्टी (एकीकृत), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात गणराज्य अभियान, राष्ट्रिय जनमुक्ति पार्टी, किरात मोर्चा, नेत्रविक्र चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, सङ्घीय समाजवादी पार्टी लगायतको एकपछि अर्को समर्थन गर्ने पार्टीहरू बृद्धि भइरहको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार