पथरी । बिराटनगर आँखा अस्पताल र पथरी शनिश्चरे नगरपालिका बीच आँखा तथा कान उपचार केन्द्र संचालनको लागि सम्झौता भएको छ ।
आज नगरपालिकाकामा विराटनगर आँखा अस्पतालका तर्फबाट अध्यक्ष पद्मनारायण चौधरी र नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेको हो । यो सेवा नगर अस्पतालमा अब छिट्टै नै सञ्चालन हुने नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिए।


146 पटक हेरिएको 








