दुहबी(सुनसरी) । समाजवादी विद्यार्थी युनियन दुहबी नगर समितिले सर्वोच्चको आदेशको विरोधमा दुहबी सुनसरीमा प्रदर्शन गरेका छन् ।
सर्वोच्चको आदेशको विरोधमा युवाहरूले आइतबार साँझ टायर बालेर, प्लेकार्ड, नाराबाजीसहित प्रदर्शन गरिएको युनियनका प्रदेश सदस्य चन्दन बैठाले जनाए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश दिएपछि विराटनगरमा पनि युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन् ।
आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिंदै अन्तरिम आदेशबारे छलफलका लआगामी शुक्रबार दुवै पक्षलाई झिकाएको छ ।


192 पटक हेरिएको 












