लिम्बु, सिटौला र राजभण्डारीलाई थप मन्त्रालयको जिम्मेवारी

बिराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ले तीन बहालवाला मन्त्रीहरुलाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मङ्गलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की गत जेठ ३० गतेको सिफारिसमा नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) को अवस्था परी रिक्त हुनआएको मन्त्रालयको जिम्मेवारी तोकिएको हो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूलाई, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई तोकिएको प्रदेश प्रमुखको कार्यालयका प्रबक्ता नरेन्द्र कुमार श्रेष्ठले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार