प्रदेश प्रमुखद्वारा प्राचीन बस्तुको अवलोकन

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर १८, भेडियारीमा रहेको प्राचीन यगर्दा पाइएका वस्तुको अवलोकन गरेका छन् ।

विराट राजा प्राचीन दरबार खोज तथा संरक्ष समिति, नेपालका अध्यक्ष कमल किशोर यादवले भग्नवशेष दरबारको अवस्था, सङ्ग्राहलायको निर्माण, किच्चकवध पोखरीको निर्माणबारे प्रदेश प्रमुखलाई जानकारी दिए । साथै, सङ्ग्राहलायको निर्माण कार्य सम्पन्न भएपनि विशेष सुरक्षालाई दर्शाउँदै उत्खनन् गर्दा पाइएका वस्तुहरु आफ्नै घरमा सुरक्षित राखिएको जनाउँदै ति वस्तुहरुलाई देखाए ।

वि.सं. २०५४ सालदेखि यादवसँग ढुङ्गाको प्राचीन नापतौल लिने वस्तु, शिलालेख, सिमाला, इँटालगायत ३१ किसिमका वस्तुहरु सुरक्षित छन् । विराट राजाको दरबारमा पाण्डवहरु गुप्तबास बसेको हुनाले हस्तिनापुरबाट भेदी (गुप्तचर) पठाइएको हुनाले भेडीयारी ठाउँको नाम हुन गएको यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार