लोक नृत्य प्रतियोगितामा रेड स्टार प्रथम 

पथरी । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा अन्तर विद्यालय सामुहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा आज सिन भिलेज पार्टी प्यालेसमा लोक नृत्य प्रतियोगिता भएको हो ।
प्रतियोगितामा नगरका ९ वटा विद्यालयहरु मध्ये वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्यो ।  वडा नं. १ स्थापित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले दोस्रो स्थान र वडा नं. २ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माविले तेस्रो स्थान हासिल गरेका छन् । विजेता विद्यालयहरुलाई कार्यक्रमका सभाध्यक्ष तथा नगरका उप–प्रमुख देवीमाया काफ्लेले क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाण–पत्र र ट्रफी प्रदान गरिन । कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, वडाध्यक्षहरु नैना राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, सीता भुसाल, विभिन्न विद्यालयहरुका शिक्षक तथा विद्यार्थीको उल्लेख्यनीय उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार