हसन्दहमा जितीया विशेष साँस्कृतिक कार्यक्रम

हसन्दह । मोरङको पथरीशनिश्चरे स्थित हसन्दह बजारमा जितीया विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ ।
विहिबार पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले जितिया पर्वको शुभकामना व्यक्त गरे । उनले भने, जितीया पर्वलाई पहिचानको रुपमा निरन्तर मान्दै आएका छौं, यसले आदिवासीको संस्कार संस्कृतिको संरक्षण सम्वद्र्धन गरेको छ ।’
रामनारायण चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष तथा नगरका प्रवक्ता नविन कार्की, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत, नेपाल आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र लिम्बुलगायत सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो । थारु साँस्कृतिक स्वागत नृत्यबाट साँस्कृतिक कार्यक्रम सुरु भएको कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य र गायनहरु प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार