श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

बिराटनगर । मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं.१९ धनपुरा बस्ने बर्ष ३९ को उपेन चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

श्रीमती बर्ष ३० की जितनी सहनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गर्नुका साथै शरिरका विभिन्न भागहरूमा कुटपिट गरी कर्तब्य गरी मारेको आरोपमा उपेनलाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान गरिरहेको छ । असोज १३ गते अन्दाजी २१:३० बजेको चौधरीले निजकी श्रीमती सहनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गर्नुका साथै शरिरका विभिन्न भागहरूमा कुटपिट गरी कर्तब्य गरी मारेको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार