-प्रजिन हाङ्बाङ
सेवाराे साेल्टेनी
तुक्मा लाक्मा इङखङ नुबै छ हाेला नि
आजकाल आवाले गर्दा
चिठी लेख्ने चलन पनि हरायो
चिठीसँगै पालामकाे गेडी पनि हरायाे
ख्याली हाक्पारे र तुहा पनि हरायाे
अनि मुन्धुम पनि हरायाे ।
सञ्चै हुनुहुदाे रहेछ
नाेगन छ है साेल्टेनी ….
पुसेमेलामा भेटेकाे
साच्चै राम्री देखेकाे
ढाकाकाे साडी र टाटनकाे बर्काेमा
घुम्दै गरेकाे राेटेपिङकाे सर्काेमा
साँझकाे पख साँचेकाे
एकफेराे धान नाचेकाे
सम्झना छ कि भुलेकाे
त्याे मनमा याे डुलेकाे
मलाई त ताजै छ है साेल्टेनी …..
माघेनी मेला माघैमा
भेट भयाे फेरि साँझैमा
काेशेली राम्रो तिनपाने
मायाले गर्दा जुगजाने
कदमै काटी चाेपै लाग्दाे
खेलाउन माया लाेभै लाग्दाे
हरियाे वनकाे पाखामा
बाेलियाे काेकिल भाकामा
इक्सा नु खाम्बेक खेम्दुराे
सम्मुयिक सेवा सेन्दिराे …
अनि साेल्टेनी
गाउँ घरतिर कस्ताे छ ?
मन पाे दुख्याे कि
छुट्ने बेलामा …..
रानीवन पर्याे भात्रामा
भेटाैला लाखे जात्रामा
उकाली थाम्माङ खुइ आउँछ
सम्झेर ल्याउँदा रुइ आउँछ
शनिबारे हाटकाे गेटैमा
त्यसफाला पहिलाे भेटैमा
मनभित्र माया गुनाैला
जिवनकाे डाेरी बुनाैला …
कस्ताे लाग्याे त साेल्टेनी
मेराे कुरा
चान्चुने पैसा गन्दिनु
मनपरे हुन्छ भन्दिनु
दुख र सुख भाेगाैला
दुई मुटु एक ठाउँ जाेडाैला
पानी है मिठाे मुलकाे
साेल्टेनी हजुर कुलकाे
पालामकाे फेराे फेरैमा
भावीले लेख्याे मेरैमा
लेखेकाे कुरा मेटिदैन
लेखेकाे भन्दा भेटिदैन
बारीकाे पाटा छिन्ति छ
दस औंला जाेडी बिन्ती छ ..
लु आसेवारो तरेमे
मैले त बिन्ती बिसाएँ
बाँकी हजुरकाे मर्जी ….
नाेगेन सेवाराे 🙏🙏🙏
-ताप्लेजुङ


206 पटक हेरिएको 











