मधेश प्रदेशमा सांसद बनाउने जसपाको निर्णय

ललितपुर । जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय सोमबार गरेको छ ।

समानुपातिक सांसद विन्दुकुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय भएको नेता प्रकाश अधिकारीले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले सञ्जिलाकुमारीको नाम टुंगो लगाएको हो । आजको बैठकमा सङ्घीय संसदमा पेस हुन लागेका ऐनबारेमा पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार