काठमाडौँ। प्रदेशमा जारी पहिचान पक्षधरको आन्दोलनको विषयमा सहमति नहुञ्जेल जनता समाजवादी पार्टी नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।
मुख्यमन्त्री केदार कार्कीलाई जसपालगायतका सत्ता गठबन्धन दलले कार्तिक १ गते प्रदेशसभामा विश्वासको मत दिएका छन् । कांग्रेसका कार्कीले पार्टीका ८ प्रदेश सांसदसहित पार्टी र सत्ता गठबन्धन दलको निर्णयविरूद्ध विद्रोह गरेर एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।
हिजो इटहरीमा बसेको पदाधिकारी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।
जसपाले यसअघि उद्धव थापा ने लिम्बू स्वास्थ्य मन्त्रालय सम्हाल्न आएकी थिइन् ।


84 पटक हेरिएको 












