महिला वनमा कोषाध्यक्षको निर्वाचन मंगलवार, अन्य पदमा सहमति 

तुलसा याक्खा ।

शनिश्चरे । महिला जागृति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेको नया समिति कोषाध्यक्षबाहेक सबै पदहरुमा सहमति भएको छ । कोषाध्यक्ष पदको निर्वाचन मंगलबार हुदैछ । कोषाध्यक्षमा टलकबहादुर पाण्डे र चन्द्रकला न्यौपानेको उम्मेदवारी परेको छ । सहमतिको प्रयास विफल भएपछि कोषाध्यक्ष पदको निर्वाचन मंगलबार हुने र मत परिणाम मंगलबार नै घोषणा गरिने निर्वाचन मण्डलका संयोजक हेमभक्त गुरुङले जनाए ।

१६ औं चुनावी साधारणसभाले तुलसा याक्खा अध्यक्षमा निर्वाचित भएकी छिन । समितिको उपाध्यक्षमा देवीमाया शेर्मा, सचिवमा तुलसीराम श्रेष्ठ, सह सचिवमा मुनादेवी पाण्डे निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा सुभद्रा राईले उम्मेदवारी फिर्ता लिएपछि शेर्मा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

सदस्यहरुमा सुमित्रा लिम्बु, कविता धिमाल, लक्ष्मिमाया तामाङ, डम्बरकुमारी सुनार, अमर थापा, पिताम्बर बाँस्कोटा, विवेकानन्द पण्डित, कृष्णकुमार राई, वीरबहादुर कार्की, किरण हरसुङ राई रहेका छन् । यस्तै, लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा नवराज ढुंगाना र अनुगमन तथा न्यायिक समिति संयोजकमा चन्द्र तुम्सा, सदस्यमा एतराज खड्का चयन भएका छन् । लेेेखा समितिको संयोजकमा पनि होमनाथ काफ्ले र नवराज ढुंगानाको उम्मेद्वारी परेकोमा काफ्लेले फिर्ता लिएपछि ढुंगाना निर्विरोध निर्वाचित भएका हुन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार