पथरी शनिश्चरे प्रिमियर लिग: उपाधि आइतबारे अस्त्रलाई

जातेमोड । पथरीशनिश्चरे प्रीमियर लिग शनिबार सकिएको छ  ।   गोर्खा लिजेण्ड माथि ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो ।

नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियिोगिताको फाइनल खेलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधि भित्राउन सफल भएको हो । टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनायो । गोर्खाका लागि सुजन थपलियाले ७१ रन बनाए । ज्ञानेन्द्र श्रेष्ठले २६ र समित राईले १३ रन बनाए । आइतबारेका दिपेश भण्डारीले ३ दिपक नेपालीले २ र अभिषेक विकले १ विकेट लिए ।
१ सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको आइतबारेले १५ ओभर ४ बलमा ४ बिकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । जसमा खडोलियाले अबिजित १ सय १० रन बनाए । मंगेश राईले अबिजित १४ रन बनाए । गोर्खाका आभाष पाहिम र फडेन्द्र पौडेलले समान २/२ विकेट लिए । विजेता आइतबारे अस्त्रलाई पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले ट्रफ्री प्रदान गरे । बिजेताले १ लाख ११ हजार रुपयाँ र ट्रफ्री जित्दा उपविजेता गोर्खाले ७१ हजार रुपयामा चित्त बुझायो । विधागततर्फ पनि आइतबारेका खेलाडी हाबी भए । उत्कृष्ट फिल्डर, म्यान अफ दि टुर्नामेन्टको आइतबारेका मोहम्मद निशार उत्कृष्ट विकेटकिपर आइतबारेकै नृत्य खडोलिया उत्कृष्ट बलर बिरेन्द्रनगर स्टिल टाइगरका सुदिप चौधरी, उत्कृष्ट ब्याटमेन गोर्खाका राज पालुङवा, प्रभाशाली खेलाडीमा आइतबारेका दिपेश भण्डारी र उदयमान खेलाडीमा बुद्ध युनाइटेडका सौरब बस्नेत घोषित भए । फेयर प्ले उपाधि बिरेन्द्रनगर स्टिल टाइगरले जित्यो ।


कार्यक्रममा खेलको समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार अर्जुन काफ्लेलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार