पथरी । रेडस्टार मावि पथरी शनिश्चरेले नगरस्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समितिको आयोजनामा शुक्रबार भएको नगरप्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा एभरेष्ट इङ्लिस स्कुल र मोरङ मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन्।
प्याब्सन नगर अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षता भएको कार्यक्रम नगर सचिव सन्तोष बस्नेत र सुजन बास्तोलाले संचालन गरेका थिए । प्रतियोगितामा जिल्ला सदस्य राजु तिम्सिना, नगरका शिक्षा शाखाका प्रमुख शालिग्राम काफ्ले र अधिकृत नवीन खुलाल बुढाथोकी, ईलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर ( प्रहरी निरीक्षक) शुशिल कुमार पाण्डेलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।


116 पटक हेरिएको 












