पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ ।
आइतबार पथरी शनिश्चरे वडा नं. ४ को बुद्धचौकमा नाटक प्रस्तुत गरिएको छ । नाटक हेर्न स्थानीय वडावासी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । दोबाटे समूहका कलाकारहरु हरेन्द्र खत्री, भीष्म न्यौपाने, पूर्णकला राई, प्रेम गुरुङ, मेनुका कुलुङ, विक्रम धिमाल, दिपा ढकाल लगायत कलाकारको प्रस्तुति रहेको नाटकलाई सबैले रुचाए । नाटकको निर्देशन हरेन्द्र खत्री र भीष्म न्यौपानेले गरेका हुन् ।
सडक नाटक प्रर्दशनमा वडा नं. ४ अध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य कल्पना श्रेष्ठ, पथरीशनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेलगायतको उपस्थिति रहेको थियो । सडक नाटक यश अघि हसन्दह, बुद्ध चोकमा पनि प्रदर्सन गरिएको थियो ।


204 पटक हेरिएको 












