कुम्मायक(पाँचथर)। जनता समाजबादी पार्टी (जसपा)नेपालले कुम्मायक गाउपालिकामा पुनर्गठन कार्यक्रम सम्पन्न गरेको छ ।
मङसिर २६ गते मङ्गलबार भएको कार्यक्रमले अध्यक्षमा तारानाथ सम्बाहाम्फें, उपाध्यक्षद्वयमा ईन्द्रकला लाओती राई, नेत्रबहादुर सम्वाहाम्फे, सचिवमा पुर्णकुमार मिभक, उपसचिवद्वयमा नितेष सम्बाहाम्फे, अमर कुमार लावती र कोषाध्यक्षमा तेजप्रकाश लाओती सहित ५६ सदस्य समिति निर्बाचित गरेको छ ।
त्यसैगरि जसपा, नेपाल कुम्मायक गापा १ न. वडा कार्यसमिति”पनि गठन गरिएको छ । समितिको अध्यक्षमा तिर्थराज लाओती,
उपाध्यक्षमा साईमान लाओती, सचिबमा फुलकुमारी लाओती,
सहसचिवमा लोकेन्द्र लाओतीसहित २३ सदस्य निर्बाचित भएका छन ।
पुनर्गठित कार्यक्रममा जसपा, नेपालका केन्द्रीय सल्लाहकार प्राडा महेन्द्र लाओती, केन्द्रिय सल्लाहकार कर्ण लाओती, केन्द्रिय सल्लाहकार असिम पालुङ्वा, नेपाल प्रदेश न. १ सदस्य बिष्णु लाओती, कुम्मायक १ का निर्वाचित अध्यक्ष देबेन्द्र लाओती, लिम्बुवान राष्ट्रिय समिति सल्लाहकार चन्द्र मादेन, राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओती, मुख्य सचिब केदार धिमाल, जकेन्द्र लाओती, काङ्सोरे लिम्बु, जिल्ला सदस्य पदमसुखी सम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो ।


108 पटक हेरिएको 







