पथरी । सिरिजङ्गा स्मृति धार्मिक बन उपभोक्ता समूह पथरी शनिश्चरे १० को सातौं साधारणसभा सोमबार सम्पन्न भएको छ ।
सस्थाको प्रतिवेदनहरु पास गर्दै साधारणसभा सम्पन्न भएको हो । लेखा समितिको संयोजक धन प्रसाद सावाले लेखा समितिको प्रतिबेदन, बनका कोषाध्यक्ष इन्द्र लिम्बुको आर्थिक प्रतिबेदन, सस्थाका अध्यक्ष डम्बर चोङ्बाङ, सचिब मान प्रसाद लिम्बुको वार्षिक प्रगति तथा भाबी योजनाको प्रतिवेदन पास गरिएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशव कुरुम्बाङ, सल्लाहकार प्रेम वनेम लगायतले शुभकामना मन्तव्य राखेका छन् । सिरिजङ्गा बनमा ३ सय १४ उपभोक्ताहरु रहेको छ ।


120 पटक हेरिएको 












