बिराटनगर। सुनसरी र भोजपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट चोरी मुद्धा र कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी मुद्धामा ३ महिना कैद र ७ हजार रुपैया जरिवाना भई फरार रहेका दुहवी नगरपालिका- २ का शम्भु साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । साहलाई सुनसरी जिल्ला अदालतबाट गत बैशाख १३ गतेको फैसला आदेश सुनाएको थियो ।जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धाका प्रतिबादी ललितपुर महानगरपालिका- २५ भैंसेपाटीमा लुकीछिपी बसेको अवस्थामा टेम्केमैयुङ गाउँपालिका- ५ का ४६ बर्षीय पुर्णहाङ राईलाई फेला पारी पक्राउ गरेको हो । राईलाई भोजपुर जिल्ला अदालतको २०६१ साल भदौ २८ गते भएको फैसला आदेशले ३ बर्ष कैद सजाय फैसला गरेको थियो ।
पक्राउ गरेको दुबैजनालाई अदालतहरुमा उपस्थित गराइ तोकिएको कैद तथा जरिवना भुक्तानको लागि जिल्ला कारगार पठाईएको छ ।


68 पटक हेरिएको 








