इनरुवा । सुनसरीको कोशी गाउँपालिका- १ राजापोखरीबाट लागुऔषध ब्राउन सुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलबार साँझ ६ बजे लौकही बजारबाट पश्चिम कुसाहातर्फ जादै गरेकी पैदल यात्री स्थानीय ४५ बर्षीया उमा उरावलाई ईलाका प्रहरी कार्यालय लौकहीले पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।


122 पटक हेरिएको 












